नियम १६
आगमन तथा प्रस्थान फाराम भर्नुपर्ने<br>
(१) प्रत्येक विदेशीले नेपालभित्र प्रवेश गर्दा अनुसूची–६ बमोजिमको आगमन फाराम र नेपालबाट बाहिर प्रस्थान गर्दा अनुसूची–६क बमोजिमको प्रस्थान फाराम भरी अध्यागमन कार्यालयमा बुझाउनु पर्नेछ ।
(१क) अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल बाहिर प्रस्थान गर्ने र नेपालभित्र प्रवेश गर्ने प्रत्येक नेपालीले क्रमशः अनुसूची– ६ख र अनुसूची – ६ग बमोजिमको ढाँचामा प्रस्थान वा आगमन फाराम भरी कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बुझाएको फारामको आधारमा अध्यागमन कार्यालयले प्रत्येक दिन विदेशीहरूको आगमन अभिलेख अनुसूची–७ बमोजिमको ढाँचामा र प्रस्थान अभिलेख
अनुसूची – ७क बमोजिमको ढाँचामा तयार गरी विभागमा पठाउनु पर्नेछ ।